"Hello and Namaste"

I might not have stars and planets here, but this is still my universe!

Tuesday, December 1, 2015

Zzzz... Zzz...


भुकम्पको डरमा 
एउटा चिसो सुकुलको भरमा
अध्यारो रात मा कठ्याङ्ग्रिदै
टाँगेको पालमा पनि निदायो मेरो देश|
नेता हरुले पुर्याएको
बेवारिसे तालमा पनि निदायो मेरो देश |
बाढी पहिरो
केहि ले रोक्न सकेन
हावा हुरी कसैले टोक्न सकेन
पछारियो आफै जब आफ्नो भार
आफै ले बोक्न सकेन
तर पनि बढी रह्यो
संयौ चोटी लडीरह्यो
भोक प्यास गुमाए पनि
निन्द्रा भने  चै त्याग्न सकेनछ यो देश ले
तेसैले त सधै निदईराख्छ
शत्रु ले आखा गाढ्दा पनि निदाउछ
आफ्नै ले भाग लगाई बाढ्दा पनि निदाउछ
डर लाग्छ
कुनै दिन कैले नउठ्ने गरि निदाउने पो हो कि ?

No comments:

Post a Comment